धनगढी: धनगढी लेडि जेसिजले नयाँ वर्ष २०७८ सालको क्यालेन्डर विमोचन गरेको छ ।
आइतबार लेडि जेसिजलेले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरी र धनगढी लेडि जेसिजका अध्यक्ष निर्मला श्रेष्ठले संयुक्त रूपमा क्यालेण्डरको विमोचन गरेका हुन् ।
क्यालेण्डर विमोचन कार्यक्रममा धनगढी लेडि जेसिजका पदाधिकारी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।