दार्चुला : महाकाली नगरपालिका–५ गल्फै स्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
मङ्गलवार मध्यान्ह १२ बजेतिर अन्दाजी ३०÷३५ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो । अहिले प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको नेतृत्वमा टोली परिचालन भई घटनास्थल मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । शवको पहिचान खुलेको छैन । शव महाकाली नदिले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।