पत्रकारलाई ज्यान मार्ने धम्की दिने वनका अध्यक्ष विरुद्ध प्रहरीमा संयुक्त उजुरी दर्ता

प्रहरीमा संयुक्त उजुरी दर्ता
प्रकाशित : :

धनगढी: पत्रकारलाई ज्यान मार्ने धम्की दिने सिद्धार्थ सामुदायिक बनका अध्यक्ष विरुद्ध प्रहरीमा संयुक्त उजुरी दर्ता गरिएको छ । फूलबारी खबरका सम्वाददाता झलक दवाडी, अर्थ सरोकार सरोकार सुदूरपश्चिम ब्युरो सुदर्शन श्रेष्ठ र क्यामेरा पर्सन हरि तिवारीले अध्यक्ष विरुद्ध संयुक्त उजुरी दर्ता गरेका हुन् ।

“फूलबारीमा वन कर्मचारी र पदाधिकारीको मिलेमतोमा काठ तस्करीको आरोप” भन्ने समाचारका विषयमा फोन मार्फत अध्यक्ष गिरीले ज्यान मार्ने धम्की दिएका थिए ।

धम्की दिने अध्यक्ष गिरीले पत्रकार दवाडीलाई अभद्र गाली गर्दै फूलबारी क्याम्पसमा भएको घटना सम्झाउँदै भुवन रिजालको जस्तै हालत गरिदिने भनी ज्यान मार्ने धम्की दिएका थिए । मोबाइलबाट धम्की दिँदै गिरीले भुवन रिजालको घटना याद छ त्यस्तै हालत गरिदिने भनेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उजुरी दर्ता गर्दै चाँडै नै पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

पत्रकारलाई ज्यान मार्ने धम्की दिने बनका अध्यक्षको शैलीको चारैतिर विरोध भएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी , नेपाल पत्रकार महासङ्घ कैलाली , नेपाल फोटो पत्रकार महासङ्घ कैलाली र प्रेस चौतारी नेपालले विज्ञप्ति मार्फत कानुनी कारबाहीको माग गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार