काठमाडौं : प्रहरीको गाडीबाटै भागेका जवर्जस्ती करणीका आरोपी विनोद भन्ने निर्मल परिवार पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका कास्की पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २४ वर्षीय परियार वीर अस्पताल लैजाने क्रममा गत २९ साउनमा न्यूरोडबाट भागेका थिए।
उनलाई बिहीबार कास्की पोखरा महानगरपालिका-३० गगनगौंडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका परियारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको छ।