धनगढीका ४ विद्यार्थीले बनाए विद्युतीय कार ‘सार अल्फा’ (भिडियो सहित)

चार पाङ्ग्रे कार

धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार
प्रकाशित : :

धनगढी : कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार  निमार्ण गरेका छन्  । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले सो कार निमार्ण गरेका हुन् ।

कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा  सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए ।

घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ । “लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ,” थापाले भने, “यो अवधिमा धेरै समस्या पनि आए,त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ ।”

कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पडाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्याट्रीको प्रयोग गरिएको छ ।

हेर्नुहोस् यस्तो छ कार, भिडियो ?

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट