धनगढी : फार्मासिस्ट बिनै औषधि बिक्री वितरण गराउँदै आएको साझा स्वास्थ्य सेवा धनगढी लाई फार्मेसी पेसागत सङ्गठनहरू ले आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मिति २०७८ पौष २८ गतेका दिन साझा स्वास्थ्य सेवा धनगढीमा रहेको फार्मेसी बिक्री कक्ष अस्पताल लाइनको शाखाको सम्बन्धमा पत्रपत्रिकामा प्रकाशित समाचार प्रति राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश धनगढी शाखा र नेपाल फार्मेसी संघ धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जहाँ औषधि त्यहाँ फर्मासिष्ट भन्ने मूल नाराका साथ हामी फार्मेसी पेसाको हकहित र संरक्षणमा बेला बेलामा आवाज उठाउँदै आएको व्योहोरा सर्व विदितै छ। तसर्थ औषधि ऐन २०३५ तथा नेपाल फार्मेसी परिषद् २०५७ को बर्खिलाप हुने गरी यस संस्थाबाट हुन गएको र अब उपरान्त यस्तो क्रियाकलाप हुन नदिन साझा स्वास्थ्य शाखा कार्यालय धनगढी लाई ध्यानाकर्षण गरिएको बारे ध्यानाकर्षण पत्रमा उल्लेखित गरिएको छ ।
यस्तो छ, नेपाल फार्मेसी संघका महा-सचिव राजेश भट्ट र राष्ट्रिय सुदूरपश्चिम प्रदेशका सचिव हरिस बोहराद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र ?