नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ धनगढीको अध्यक्षमा बलराम धमला सर्वसम्मत

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ धनगढीको अध्यक्षमा धमला सर्वसम्मत
प्रकाशित : :

धनगढी : नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ धनगढी नगर कमिटिको अध्यक्षमा व्यवसायी बलराम धमला सर्वसम्मत चयन भएका छन् । बुधबार धमलाको अध्यक्षतामा ११ सदस्यीय कमिटि सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले जनाएको छ ।

महासंघको उपाध्यक्षमा नेत्र तिवारी, सचिवमा दिलबहादुर कुँवर चयन भएका छन् । यस्तै सदस्यमा श्याम पाठक, नाथुराम सुुनार, कमल थापा, अमितकुमार भट्टराइ, बिरबहादुर महरा, कोपीला कुँवर चौलागाई, माया घिमिरे र कौशल्या भण्डारी चयन भएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट