धनगढी : सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा चैत ११ गते (भोली) सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायको खखडेहरा पर्वमा कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।