धनगढी : पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले आज आइतबार स्वर्गीय निर्मला पन्तकी आमा दुर्गा पन्तलाई भेटेका छन् ।
सभापति रवि लामिछानेले दुर्गा पन्तलाई भेट्दै भने चिन्ता नगर्नुहोस्, “मैले बाटो फेरेको मात्र हु, वाचा फेरेको छैन ।”
आफू जीवित हुन्जेल निर्मलाले न्याय पाउने आशालाई अन्त्य हुन दिने छैन । यसै पाली नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन ।
निर्मला पन्तको २०७५ साल श्रावण १० कञ्चनपुरको महेन्द्रनगरमा बल्तकार गरी हत्या गरेको थियो । हत्या भएको ४ वर्ष हुँदा समेत अपराधी पत्ता लागेको छैन ।