काठमाडौँ : निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थीर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थीर समय सुरु हुने भएको हो ।
यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए ।
केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।