नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको माैसमविद्ले बताएका छन् ।
विभागकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ ।