गेटामा साउन १ गते देखि अस्पताल सञ्चालनको तयारी

गेटा मेडिकल कलेज
प्रकाशित : :

साउन १ गतेदेखि गेटामा अस्पताल सञ्चालन हुने भएको छ । गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा सरकारले हालै स्वास्थ्य बिज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही संरचनामा सरकारले साउन १ गते अस्पताल सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य बिभागका तर्फबाट एक वर्षअघि अस्पतालको कार्यकारी निर्देशक नियुक्त बरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डा. प्रमोद जोशीले साउन १ गतेबाट अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

साउन १ गतेबाट ओपीडी सञ्चालन गर्ने तयारीमा छौ । त्यसका लागि स्वास्थ्य बिभागबाट आवश्यक उपकरण र दरबन्दी माग गरेको छु, डा. जोशीले भने, १५ दिनभित्र आवश्यक उपकरणहरु ल्याईसक्ने छौ । बिभागले आवश्यक उपकरणसंगै जनशक्ति समेत पठाउने प्रतिबद्धता गरेको छ ।

डा. जोशीले ओपीडी सञ्चालनका लागि मेडिकल कलेज पूर्बाधार निर्माण विकास समितिसंग केही संरचना समेत माग गरेको बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट