धनगढी : हास्य टेलीश्रीखंला नसा नाडीकाे भाग दुई सार्वजनिक भएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सार्वजनिक गरिने पूर्व घोषणा अनुरूप देउराली क्रियसनको युट्युब च्यानल मार्फत प्रसारण/सार्वजनिक गरिएको हो ।
उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसङ्गति, सुदूरपश्चिमको भेसभुसा, भाषा संस्कृतिलाई जगेर्ना गर्ने, यहाँको रहनसहन लगायतका कुराहरूलाई व्यङ्ग्यात्मक तरिकाले पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको उक्त हास्य टेलीश्रीखंलाले दोस्रो भागमा समाजका विविध विषयहरूको उठान गरेको छ ।
टेलीश्रीखंलाको कथा÷पटकथा÷संवाद÷लेखन र निर्देशन विजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाङ्कन तथा सम्पादन दीपेन्द्र वली, विष्णु भण्डारी गरेका हुन ।
त्यस्तै, मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, अशोक धामी र एलडी भट्ट लगायत अन्य नव प्रवेसी कलाकारहरूको अभिनय रहेको छ ।
सोको ओपनिङ गीतमा स्वर सङ्गीत÷सङ्गीत संयोजन वसन्त साधकले गरेको हुन भने फिमेल आवाज निशा दहितले दिएकी छन् । भने प्रोमो र विज्ञापन सन्देशमा आवाज समीर प्र भट्टले दिएका छन् ।
उक्त टेलीश्रीखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रा.ली.को प्रस्तुति रहेको र देउराली क्रियसनको युट्युब च्यानल बाट प्रसारण हुने निर्माण टिमले जनाएको छ ।