आज र भोलि बालबालिकालाई देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै

भिटामिन ‘ए’
प्रकाशित : :

काठमाडौँ : आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।  

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र  र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ । र जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ ।   

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट