कोरोनाको नयाँ भेरियन्ट जेएन-१ कति घातक ?

प्रकाशित : :

एजेन्सी : कोभिड-१९  माहामारीपछि फेरी कोरोनाको त्रास फैलिएकाे छ । यतिबेला भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन-१ ले धेरैमा संक्रमण गराएको छ भने केहीको मृत्युसमेत भइसेकेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै नेपालमा पनि यसकाे जाेखिम उच्च हुन्छ । विगतमा पनि छिमेकी मुलुकमा देखिएका कोरोनाका नयाँ प्रजाति नेपालमा देखिइसकेका छन् । यसले गर्दा नेपाल पनि जेएन-१ नफैलिएला भन्न सकिने अवस्था छैन् ।

भारतको केरलामा देखिएको कोरोनाको नयाँ भेरियन्ट जेएन-१  त्यति धेरै घातक भने नभएको बताइन्छ । कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले बिबिसीलाई भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ ।

जेएन-१ एक व्यक्तिबाट अर्को व्यतिमा  फैलन भने समय लाग्दैन् । विश्व स्वास्थ्य संगठनले याे भेरियन्ट लाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ भनेकाे छ ।

अहिलेसम्म ४० भन्दा धेरै देशमा यो नयाँ भेरियन्ट फैलिसकेको छ । भाइरस नाकबाट निस्कने कणहरू मार्फत हावामा फैलिन्छ। यो इन्फ्लुएन्जाभन्दा खतरनाक भएको हुँदा वृद्धवृद्धा र दीर्घ रोगीहरुले विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट