पुर्चौडी नगरपालिकाले नवनिर्मित भवनबाट दिन थाल्यो सेवा

पुर्चौडी नगरपालिकाले नवनिर्मित भवनबाट दिन थाल्यो सेवा
प्रकाशित : :

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाले नवनिर्मीत प्रशासकीय भवनबाट सेवा दिन थालेको छ । बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरे सँगै उक्त कार्यालयबाट औपचारिक रूपमा सेवा प्रवाह गर्न थालिएको हो । 

वि.सं २०७७ मङ्सिर १६ गते वाई आर कन्ट्रक्स प्रा.ली सँग ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा निमार्ण कार्यको सम्झौता भई २०८१ जेठमा उक्त भवनको निमार्ण कार्यले पूर्णता पाएको थियो । 

भवनबाट सेवा प्रवाह थालिए सँगै नगरपालिकाले प्रदान गर्ने सेवाहरू एकै ठाउँबाट नागरिकहरूलाई दिन सहज हुने पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बमले बताए । 

भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहसँगै बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रम धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमन बहादुर कुँवर,  पुर्चौडी नगरपालिकाका उपप्रमुख मिना धानुक लगायत १० वटै वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय एवं विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतनिधिहरुको सहभागिता रहेको थियो । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट