स्वस्तिक हस्पिटलले माघ महिनाभरि निःशुल्क ओपीडी सेवा दिने

स्वस्तिक हस्पिटलले माघ महिनाभरि निःशुल्क ओपीडी सेवा दिने
प्रकाशित : :

धनगढी: धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. ले माघ महिनाभरि निःशुल्क ओपीडी क्याम्प सञ्चालन गर्ने भएको छ। सहिद गेट अगाडि रहेको यस हस्पिटलले अनुभवी विशेषज्ञ चिकित्सकहरूको सेवामार्फत विभिन्न रोगको जाँच तथा परामर्श उपलब्ध गराउने जनाएको छ।

यस क्याम्पमार्फत स्वास्थ्य परामर्श सेवाबाट वञ्चित नागरिकहरू प्रत्यक्ष रूपमा विशेषज्ञहरू सँग भेटेर निःशुल्करुपमा परामर्श लिन सक्ने र समयमै रोगको निदान गर्न यो अवसर प्रदान गरिएको अस्पतालले जनाएको छ । 

यस क्याम्पमा निम्न विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क ओपीडी सेवा उपलब्ध हुनेछ:

1️⃣ डा. जोनस तिवारी – मिर्गौला तथा मूत्र प्रणाली रोग विशेषज्ञ:

  • मिर्गौलामा हुने पत्थरी, मूत्र मार्गको सङ्क्रमण, प्रोस्टेट ग्रन्थिको समस्या तथा मूत्र निष्कासनसम्बन्धी समस्या आदिको सफल उपचार तथा परामर्श।

2️⃣ डा. इन्द्र ब शाह शाहु – हाड जोर्नी रोग विशेषज्ञ:

  • ढाड, कम्मर, घुँडा तथा जोर्नीका दुखाइ, हड्डी भाँचिएको वा मर्किएको समस्या, हात खुड्किलो वा बाङ्गो हुने समस्या, हाड जोर्नी खिइने, बाइस्पोक आदिको रोग निदान तथा उपचार।

3️⃣ डा. सुनिल पाण्डे – जनरल कन्सल्टेन्ट फिजिसियन:

  • प्रेसर, सुगर, पेट, ग्यास्ट्रिक, अल्सर, घाँटी, दम, टाइफाइड, थाइराइड, हर्मोनका गडबडी, डेंगु, रुघाखोकी लगायतका समस्या आदिको उपचार।

4️⃣ डा. अञ्जना काफ्ले – महिला, स्त्री तथा प्रसूति रोग विशेषज्ञ:

  • महिलाहरूको तल्लो पेट दुखाइ, छाती दुख्ने, महिनावारी गडबडी, गर्भावस्थासम्बन्धी समस्या, स्तन तथा पाठेघरको समस्या आदिको उपचार।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट