पुर्चौडी (बैतडी): पुर्चौडी नगरपालिका–स्थित पुर्चौडी बहुमुखी क्याम्पस हाटमा बृहत् स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाको सहकार्यमा शुक्रबारदेखि सुरु भएको शिविर तीन दिनसम्म सञ्चालन हुनेछ।
नगर प्रमुख दीपक बहादुर बमको अध्यक्षता रहेको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथिको रूपमा सहभागी थिइन्।
शिविरको उद्घाटन कार्यक्रममा बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्ट, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्द, पुर्चौडी नगरपालिकाकी उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीलगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

शिविर यही वैशाख ५, ६ र ७ गतेसम्म सञ्चालन हुनेछ। आयोजकहरूले सम्पूर्ण पुर्चौडीवासीहरूलाई स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन अनुरोध गरेका छन्।
यस्तै, शिविरको दोस्रो दिन अर्थात् वैशाख ६ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने बैतडी समाज कैलालीका तर्फबाट कार्यक्रम संयोजक गजेन्द्र वीर चन्दले जानकारी दिए।







You must be logged in to post a comment.