धनगढीमा रोयल बिग मास्टरको होलसेल ग्यादरिङ, उत्कृष्ट विक्रेतालाई सम्मान

धनगढीमा रोयल बिग मास्टरको होलसेल ग्यादरिङ, उत्कृष्ट विक्रेतालाई सम्मान
प्रकाशित : :

धनगढी : धनगढीमा रोयल बिग मास्टर वाइनको आयोजनामा होलसेल ग्यादरिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर जिस्म चापागाइँले कम्पनीले १० वर्षदेखि निरन्तर वितरण सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उत्पादन र सेवाको दायरा अझ बढाउने तयारीमा रहेको जानकारी दिए।

नेशनल सेल्स म्यानेजर हरि बास्तोलाले कम्पनी स्थापना भएको १४ वर्ष पुगेको स्मरण गर्दै देशभर करिब ५० प्रतिशतभन्दा बढी बजार क्षेत्रमा कम्पनीको सञ्जाल फैलिएको बताए। बजारको मागअनुसार मिनि साइजको बोतल उत्पादनमा ल्याइएको उल्लेख गर्दै हाल ४ लिटर र ७०० एमएलका वाइन उत्पादन भइरहेको र छिट्टै ३७५ एमएलका बोतल पनि उपलब्ध हुने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम धामीले कम्पनी र होलसेल व्यवसायीबीचको सम्बन्ध सुमधुर रहेको बताए। बजार विस्तारका लागि परस्पर सहयोग जरुरी रहेको उल्लेख गर्दै संघले निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए।

त्यसैगरी होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेले प्रदेशको पर्यटन र आतिथ्य क्षेत्रसँग मदिरा उद्योगको गहिरो सम्बन्ध रहेको बताए। उनले होटल व्यवसायी संघले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य प्रमान्नद भट्टले प्रस्तुत गरेका थिए। अन्त्यमा रविन ट्रेड एन्ड सप्लायर्स, कुँवर लिकर्स र रिजनेवल फ्राइन्सिप कन्सर्नलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा लक्की ड्र पनि राखिएको थियो। जसअन्तर्गत प्रथम पुरस्कार १५ हजार, द्वितीय १० हजार र तृतीय ९ हजार बराबरको एक–एक कार्टुन वाइन वितरण गरियो। विजेता हँुनेमा प्रथममा मिश्र ट्रेड सप, द्वितीयमा त्रिनेत्र सुपरमार्केट र तृतीयमा धनगढी साथी मार्ट रहेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट