धनगढीमा सामसुङ रिटेलर्स भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धनगढीमा सामसुङ रिटेलर्स भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
प्रकाशित : :

धनगढी : धनगढीमा सामसुङ मोबाइलको आधिकारिक क्षेत्रीय विक्रेता गड्तोला बिजनेश प्रा.लि.को आयोजनामा रिटेलर्स भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सामसुङको आधिकारिक क्षेत्रीय विक्रेता तथा सभाध्यक्ष दीपक देउवाले गर्नुभएको थियो भने नेपाल मोबाइल महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सुरेश सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम मोबाइल व्यवसाय संघ कैलालीका अध्यक्ष सन्तोष मण्डन धानुक र गोदावरी मोबाइल व्यवसाय संघका अध्यक्ष गंगाप्रसाद निरौला उपस्थित रहनुभएको थियो।

भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले सामसुङ ब्रान्डको बजार विस्तार, ग्राहक विश्वास र रिटेलरहरूको भूमिकाबारे चर्चा गर्दै आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले क्षेत्रीय स्तरमा मोबाइल व्यवसायीहरूबीच समन्वय, अनुभव आदान–प्रदान र व्यावसायिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट