अत्तरिया: यामाहा नेपालको आधिकारिक वितरक MAW Group अन्तर्गतको अधिकृत डिलर शुभकोटी मोटर्स ले ‘यामाहा बेस्ट एक्सचेन्ज’ अभियान सञ्चालनमा ल्याएको छ। अभियान असार ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै अवस्थाका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहा खरिद गर्न सक्नेछन्।
‘अझै ज्यादा, अझै धेरै’ नारासहित सञ्चालन गरिएको अभियानमा पुराना दुईपाङ्ग्रे सवारीको उच्च मूल्यांकन, नगद छुट तथा ५ हजार रुपैयाँसम्मका निःशुल्क सामग्री उपलब्ध गराइने जनाइएको छ। साथै, स्पट एक्सचेन्ज र सहज फाइनान्स सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।
अभियानमा ‘यामाहा लैजाऔं घरमा, नागरिकताकै भरमा’ योजना समेत समावेश गरिएको छ। यस योजना अन्तर्गत न्यून कागजी प्रक्रियामार्फत फाइनान्स सुविधा लिन सकिने बताइएको छ। कम्पनीका अनुसार MAW Easy Finance को सहकार्यमा ग्राहकलाई सहज किस्ताबन्दी सुविधा उपलब्ध गराइनेछ।
त्यसैगरी, अभियान अवधिभर नयाँ यामाहा खरिद गर्ने ग्राहकहरूले २ वर्षसम्म ट्याक्स फ्री तथा ५ वर्षसम्म राइड फ्री सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकको आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै समयानुकूल तथा ग्राहकमैत्री योजना सञ्चालन गर्दै आएको जनाएको छ। अभियानमार्फत पुराना सवारी प्रयोगकर्तालाई नयाँ यामाहा खरिदमा आकर्षित गर्नुका साथै आधुनिक प्रविधि, डिजाइन र प्रदर्शनयुक्त सवारीको अनुभव प्रदान गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ।
अभियान अवधिभर ग्राहकहरूले शुभकोटी मोटर्स मा पुगेर उपलब्ध अफर तथा सुविधाबारे जानकारी लिन सक्नेछन्।








