तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

प्रकाशित : :

बिन्दु भट्टराई
स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका का प्रमुख डा। नलिननाथ तिवारी उदघाटन गर्दे आयुर्वेद औषधिलाई बेवास्था गर्दा एक रोगबाट अर्को रोगलाई निम्तो दिने काम भैरहेको बताए ।आयुर्वेदमा ज्ञान अभाबको कारण आयुर्वेद पछि परेको बताए । पहिले ८० प्रतिसत सर्ने रोगबाट ग्रसित थिए भने ऐले ठिक उल्टो हुदै नसर्ने रोग ८० प्रतिशत भएको छ नसर्ने रोगको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ डा तिबारीले भने ।

तिलोत्तमा नगरपालिका वडा नं ७ का सदस्य देवी प्रसाद पंगेनीको अध्यक्षता,जिल्ला समन्वय समिती सदस्य जमुना लम्साल को प्रमुख आतिथ्मा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य जमुना लम्साल करहिया आयुर्वेद औषधालय प्रमुख बलाराम सुवेदिले लुम्बिनी आयुर्वेद औषधालयका अरुण महत र योग प्रशिक्षक बिष्णुहरी आचार्य ले आयुर्वेद र योगको बारे जानकारी गराएका थिए ।सस्थाले यसैगरी प्रतेक महिनाको १४ र २८ गते कार्यक्रम गर्ने समेत जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट