देशभर किन बढ्दै छ आत्महत्या ?आत्महत्या गर्न सक्ने खतरालाई यसरी चिनौँ !

देशभर किन बढ्दै छ आत्महत्या ?आत्महत्या गर्न सक्ने खतरालाई यसरी चिनौँ !

रामकुमार थापा 
कोरोना भाईरस(कोभिड १९) को कारण विश्वभर बन्दाबन्दी गरीएको छ ।कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर जारी लकडाउनमा धादिङ सहित देशभर आत्महत्या गर्नहरुको संख्या बढीरहेको छ। सामाजिक सञ्जाल मार्फत लाईभमा आएर आत्महत्या गर्ने क्रमहरु पनि बढ्दै गईरहेको छ । यसले आत्महत्याको सोचाई आउने वा दिक्दारीपनमा गएकाहरुलाई झन् टेवा पु¥याई रहेको छ ।स्वास्थ्य मन्त्रालयले त्यस्ता भिडियो फेसबुकमा शेयर नगर्नका लागि आग्रह पनि गरीसकेको छ ।गरिव देखी धनी सम्म, डाक्टर देखी सामान्य मजदुर सम्म ।

कुनै न कुनै माध्यमबाट आत्महत्या गरीरहेका छन् । मानिसले किन आत्महत्या गर्छन ? यसबारे व्यापक जनचेतना फैलाउनु अहिलेको आवश्कयता छ । रोग लागेर भन्दा पनि अहिले आत्महत्या गरेर मर्नेको संख्या बढी रहेको छ । यसबारे सरकार गम्भीर बन्नुपर्ने देखीन्छ ।मानिसलाई सबैभन्दा प्यारो लाग्ने भनेको आफ्नै शरिर वा जीवन हो ।मानिस जस्तोसुकै अवस्थामा पनि आफ्नो ज्यान जोगाउको लागि अन्तिम सम्म संघर्ष गरीरहेको हुन्छ । आगलागी होस वा विनाशकारी भुकम्प अनि बाढीपहिरो यी सबै विपत्तिमा मानिस आफ्नो जीवन जोगाउनको लागी हरहमेशा कोशिस गर्ने गरेका हुन्छन । तर मानिस विभिन्न कारणले आफैलाई आफैले हत्या गर्छन । विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन ।

अर्थात मानिसहरु बाँच्न चाहन्छन । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन ? यो गम्भिर प्रश्न हो ।प्रियजन गुमाउदा, जागीर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्नीय परिवर्तन हुदा, आघात यातना वा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिन पुग्छन् । पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको छ ।आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन । आत्महत्या गर्न चाहने व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेकोले आत्महत्याको बाटो रोज्छन् । आत्महत्या मानिसहरु किन गर्छन होला ? भनेर धेरै अध्ययनहरु भएका छन र आत्महत्याका धेरै कारणहरु पनि भेटिएका छन । रिस थाम्नै नसकेर पनि मानिसले अरुको ज्यान लिन पनि सक्छ र आत्महत्या गरेर आफ्नो ज्यान दिन पनि सक्छ ।

आत्महत्याको उच्च जोखीमका रहेका व्यक्तिहरुले जुनसुकै बेलामा पनि आफुलाई मार्न सक्छन वा अरुलाई मारेर आफु पनि मर्न सक्छन ।धादिङमा लकडाउन सुरु भएदेखी चैत्र ११ देखी असार सम्ममा ३२ जनाले आत्महत्या गरेको देखीन्छ । जसमा १८ जना महिला र १४ जना पुरुष रहेका छन् । सबैभन्दा बढी झुण्डिएर २६ जना विष सेवन गरेर ५ जना र हाम्फालेर १ जनाले आत्माहत्या गरेका छन् ।जिल्लामा बढीरहेको आत्महत्या न्युनीकरणको लागी सम्बन्धीत संघ–संस्था तथा सरकार गम्भिर भएर लाग्नुपर्ने देखीन्छ । जीवन देखी विरक्त मानेर वा जीवनमा आशाको बाटो नदेखेपछी मानिस आत्महत्याको बाटो रोज्ने गरेका छन् । आत्महत्याको उच्च जोखीममा रहेकाहरुको पहिचान गरी उनीहरुलाई परामर्श दिन सकियो भने अहिलेको आत्महत्याको दर अवश्य घट्ने छ ।

जिल्लामा अन्य क्षेत्रमा काम गर्ने निकै संघ–संस्था छन् तर मनोसामाजिक समस्याको क्षेत्रमा काम गर्ने संघ–संस्था भने थोरै मात्रमा रहेका छन् ।जुन पर्याप्त छैन।आत्महत्या न्युनीकरणको लागी सबैभन्दा पहिला परिवारमा एकआपसमा माया र हेरचाहको आवश्यकता पर्छ ।आत्महत्याको कुरा गर्न जोकोहिलाई पनि यसबारे जानकारी गराउनुपर्ने देखीन्छ ।आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै समयमा आफ्नो नजिकका साथिभाई तथा परिवारलाई मर्ने बारे कुरा गरेको हुन्छ ।त्यसैले कसैले मर्न मन लाग्छ,मर्न पाएनी हुन्थ्यो भन्ने जस्ता कुरा ग¥र्यो भने उससको सहयोगी बनेर सहयोग गर्नुपर्छ वा परामर्शको लागि अस्पताल रेफर गर्नुपर्छ । 
आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?
१,आत्महत्याको सोचाई पटक–पटक आईरहनु, जीवनदेखी हरेस खानु, अब अन्तिम पटकको भेट त होला भन्नु, सपनाहरु कुनै पुरा भएनन र आफ्नो भाग्यलाई दोष देखाउनु,आफ्नै भाग्यलाई दोष देखाउने व्यक्तिहरुपनि खतरामा हुनुहुन्छ । 
२,आत्महत्या गर्न मिल्ने साधन तथा औजाहरु घरमा राख्नु, कुनै बहुमुुल्य बस्तुहरु अरुलाई बाड्नु, छिनमै खुसि र दुखी हुने । 
३,आत्महत्या गर्ने बारे कुराकानी गर्नु, एक पटक आत्महत्याको प्रयास गरेका व्यक्तिहरु ।
४, सामाजिक काम वा सामाजिक भेलामा नजानु वा टाढीनु । म मरे भने त उसलाई फाईदा हुन्छ भन्नु । 
५,डिभोर्स वा ठुलो झगडा परेमा, एक्लै बस्ने, टोलाउने,अरुसँघ घुलमिल नगर्ने, जागीर गएको, केहि काम गर्न नखोज्नु,व्यपारमा ठुलो नोक्सान भएका व्यक्तिहरुलाई पनि शंका गर्नुपर्छ ।
६,सामाजिक सन्जालमा मृत्यु सम्बन्धी कथा,कविताहरु राख्नु वा शेयर गरेमा ।
७,अकस्मात विदा लिने वा टाढा जाने निर्णय गर्नु । सधै निराश भएर बस्ने,कोठा बाट बाहिर ननिस्कने व्यक्तीहरुलाई पनि शंका गर्नुपर्छ । 

आत्महत्याको सोचाई आउन थालेपछि नजिकको स्वास्थ्य संस्था तथा मनोपरामर्शकर्ताहरुलाई भेट्नु पर्छ ।जति तपाई उक्त समस्यालाई लुकाएर राख्नुहुन्छ त्यतीनै रोग बढ्दै जान्छ ।समयमै उपचार गर्ने हो भने हात्माहत्याको दर घटाउन सकिन्छ ।

लेखक  रामकुमार थापा सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकामा मनोविमर्शकर्ताको रुपमा काम गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार