शनिबार बैतडीको पाटन बिमानस्थल उद्घाटन हुँदै

पाटन बिमानस्थल बैतडी
पाटन बिमानस्थल बैतडी

बैतडीः बैतडीको पाटन बिमानस्थल सञ्चालन हुने भएपछि बैतडीका नागरिकहरुमा उमँग छाएको छ । लामो समयपछि बिमानस्थल सञ्चालनमा आउने भएपछि जिल्ला बासीमा उमँग छाएको हो । पाटन बिमानस्थल सञ्चालनमा आए नागरिकहरुले हवाइ सेवा पाउने नै भए आपत बिपत्तमा पनि छिटोछरितो उपचार सेवा लिन पनि सहज हुने भएको छ ।

लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्न काम सुरु भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन । जिल्लामा रहेका निङ्गलाशैनी, बाबा जगन्नाथ, उदयदेव मन्दिर, पाताल भुमेश्वर जस्ता धेरै पर्यटकीय सम्भावना बोकेका स्थानहरुको विस्तार हुनुे र पर्यटकहरुको आगमनले जिल्लाको व्यापार व्यवस्यमा पनि वृद्धी हुने स्थानिय एनपि पन्तले बताउनुभयो ।

पाटन नगरपालिका वडा नं ६ रहेको पाटन बिमानस्थलको उद्घाट हुनेभएको छ । बिमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइने गर्ने भएका छन । श्निबार प्लेन चाटर्ड गरी पर्यटन मन्त्री भट्टराई बैतडी आउनु हुने र बिमानस्थलको औपचारीक उद्घाटन हुने बैतडीकाबाट निर्वाचि संघिय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीले बताउनुभयो । अहिले परिक्षण उडानको हुने बताइउको छ ।

बिमानस्थलबाट नियमित उडान भए जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र त्यसबाट यहाँको व्यापार व्यवस्या पनि प्रवद्धन हुने विश्वास गरिएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो ।

पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार