बझाङमा चाडपर्वलाई लक्ष्यित गर्दै बजार अनुमगनमा तिब्रता

बझाङमा चाडपर्वलाई लक्ष्यित गर्दै बजार अनुमगनमा तिब्रता

बझाङः दशै तिहार लगायत चाडपर्व नजिकिदै गर्दा बझाङ जिल्लामा बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ ।

जिल्ला बजार अनुगमन समितिले यहाको बजार अनुगमन मा तिब्रता दिएको हो । दशै तिहारको समयमा अखाद्य बस्तु बिक्री वितरण नहोस र उपभोक्ताले तोकिएकै मुल्यमा सामान किन्न सकुन भन्ने उदेश्यले बजार अनुगमनमा कडाइ गरिएको उक्त समितिका अनुगमन सदस्य (खरिदार) रमाकान्त जोशीले बताउनु भयो ।

बझाङ्गको बुङ्गल नगरपालिकाको कार्यालयमा गरिएको पत्रकार सम्मेलनका बिच बोल्दै उहाँले भन्नुभयो “ हामिले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौ तर अहिले दशै तिहार आउदै गरेकाले अखाद्य बस्तु र मिति नाघेका सामान हरु बिक्री नहोस भनेर बजार अनुगमनलाई अलि कडाई गरेका हौ ।“
चाडपर्बका समयमा हुन सक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाई गर्ने निर्णय गरिएको जोशिले बताए ।उनले भने “कालोबजारी, मिसावट लगायत गतिविधि रोक्न बजार अनुगमन मा कडाई गरिने निर्णय गरिएको छ । कालोबजारी गर्नेलाई पहिलो चोटि सुझाव र दोस्रो पटक कालोबजारी गरेको पाईएमा कारबाही हुनेछ ।“

बजार अनुगमनका लागि घरेलु तथा साना उद्योग बिकास कार्यालय उध्योग , जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिती , बाणिज्य संघ, उपभोक्ता समिती, स्थानिय ब्यापारी , प्रहरी तथा पत्रकार को टोलि बनाइएको छ ।टोलिले जिल्ला सदरमुकाम का पसलमा मात्रै नभएर यहाका ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा कुनै पनि सामानको मुल्यमा एकरुपता भए नभएको, म्याद सकिएको लगाएत बिसयमा अनुगमन गर्ने भएको छ ।

त्यसै गरि जिल्लाका ग्रामिण क्षेत्रमा गैर कानुनी रुपमा बिक्रीबितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखनमा समेत कडाई गरिने भएको छ र अनुगमनका क्रममा फेला परेका अखाद्य र मिति नाघेका सामानहरु अनुगमनमा सङ्लग्न सबैको प्रतिनिधित्व हुनेगरी नस्ट गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार