नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि कुँवरको उम्मेदवारी घोषणा

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर

धनगढीः कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसीर ११ देखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारण सभा तथा अधिवेशनका कुँवरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । सुदूरपश्चिम प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अध्यक्ष कुँवरले जानकारी दिए ।

उनले यहाँका उद्योगी व्यवसायीहरुको समस्या र एजेण्डाहरुलाई सशक्त रुपमा उठाउने प्रतिबद्धता सहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । साथै उनले व्यवसायीहरुबाट अत्याधिक मत पाएर विजयी हुने आशा पनि व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार