तिहार, छठ र नेपाल संवतको अवसरमा नेपाल टेलिकद्धारा नयाँ अफर सार्वजनिक

नेपाल टेलिकम

काठमाडौंः नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलव्ध गराइएको जानकारी दिएको छ । टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।

जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमसः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार