व्यवशाय धरापमा परेको भन्दै भारतीय व्यापारीद्वारा नेपाली सिमानामा रहेको पुल खोल्न आग्रह

व्यवशाय धरापमा परेको भन्दै भारतीय व्यापारीद्वारा नेपाली सिमानामा रहेको पुल खोल्न आग्रह

दार्चुलाः व्यवशाय धरापमा परेको भन्दै भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका व्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न आग्रह गरेका छन् ।

महाकाली नदीमा रहेको झोलुङ्गे पुल भारतको उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने गर्छ । मार्च २५ मा नेपालले लकडाउनको घोषणा गरेलगत्तै सो पुल बन्द गरिएको छ ।

सो पुलमार्फत नेपाल आएर भारतीय व्यापारीहरुले गार्मेन्ट, गरगहना र अन्य सामाग्रीहरु बेच्ने गर्दछन् । लकडाउन हटेपनि कोरोनाको सम्भावित संक्रमणलाई दृष्टिगत गरेर पुल बन्द गरिएको छ ।

अहिले सो पुल कुनै आपतकालिन प्रयोजनको लागि मात्र खुल्ने गरेको छ । भारतीय व्यापारीहरुले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिन थालेका छन् । पुल बन्द हुँदा आफ्नो ब्यापार नराम्रोसँग प्रभावित भएको भारतीय व्यापारीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार