नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १८ सयले घट्यो !

घट्यो सुनको मूल्य

धनगढीः नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलवार तोलामा १ हजार ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० मा कारोबार भइरहेको छ । सोमवार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार १ हजार ८०० ले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमवार भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि मंगलवार घटेको छ ।

सोमवार चाँदीको मूल्य प्रतितोला १ हजार २१० मा कारोबार भएकोमा मंगलवार भने प्रतितोला ३० ले ओरालो लागेर १ हजार १८० खरीदविक्री भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार