साँचो प्रेममा घोका खाए पछि बैङ्कका कर्मचारी द्वारा कञ्चनपुरमा आत्महत्या !

साँचो प्रेममा घोका खाए पछि बैँकका कर्मचारी द्धारा कञ्चनपुरमा आत्महत्या
तस्बिरः सामाजिक सञ्जाल

कञ्चनपुर: कामको सिलसिलामा लामो समय देखी  महेन्द्रनगर बस्दै आएका सिन्धुलीकमलामई नगरपालिका–१४ रानिबाँस घर भएका धिरज न्यौपानेले झुन्डिएर आत्महत्या गरेका छन्।

विगत १० वर्ष देखि कञ्चनपुरको एनआईसी बैङ्कको शाखामा कर्मचारी सहायकको रूपमा कार्यरत २८ वर्षीय धिरज न्यौपानेले बैङ्क रहेको घरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेका हुन । उनले आत्महत्या गरेको कोठामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालय रहेको छ ।

दशैंमा घर आएको बेला डिप्रेसनमा परेको जस्तो देखिए पछि उनको समस्या बुझ्न दाइ भाउजू शुक्रवार कञ्चनपुर आएका थिए । शनिवार आफ्नो दाइ भाउजू सँग महाकाली नदीमा रहेको झोलुङ्गे पुल घुम्न गएका थिए । उनले भाउजू सुदिपा वाग्लेलाई आफू प्रेममा परेको कुरा पनि बताएका थिए । उनको खल्ती बाट ‘सुसाईड’  नोट भेटिएको छ जसमा आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा असफल भए पछि आत्महत्या गरेको लेखिएको छ ।

आज बिहान ८ः३० बजे आफ्नो भाउजू सँग फोनमा सम्पर्क गरेका उनले ९ बजे पछि आत्महत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । अहिले उनको शवलाई पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने आत्महत्या बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार