चिनजानका मान्छेलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरेको भन्दै एनआईसी एशिया बैङ्कमा तालाबन्दी

एनआईसी एसिया बैकको शाखामा तालाबन्दी
धनगढीः कर्मचारीले मनोमानी ढङ्गबाट आफ्ना चिनजानका मान्छेलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने गरेको  भन्दै धनगढीमा रहेको एनआईसी एशिया बैङ्कको शाखामा सेवाग्राहीले तालाबन्दी गरेका छन्।
भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा रहेको शाखामा सेवाग्राहीले बैङ्कमा कार्यरत कर्मचारी भित्रै थुनेर तालाबन्दी गरेको सेवाग्राहीको भनाई छ।
सो शाखामा मालपोत कार्यालयको राजस्व जम्मा गर्ने भएकाले सेवाग्राहीको चाप थेगी नसक्नु भएको बैक प्रशासनले जनाएको छ।
सेवाग्राहीको चापका कारण नै बैङ्कले सेवा दिन नसकेपछि तालाबन्दी गरिएको मालपोत कार्यालयका एक कर्मचारीले बताए।
आफ्ना कर्मचारीलाई कार्यालयभित्रै थुनिएपछि बैङ्कले प्रशासनमा सँगको सहकार्यमा ताला खोलिएको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार