आज ८ सयले घट्यो सुन, कति छ बजार मूल्य ?

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । साताको पाचौं दिन सुनको मूल्य आज ८ सय रुपैंयाँले घटेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । बुधबार १ सयले बढेको सुन आज ८ सयले घटेको हो ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन विहिबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

आज सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी १५ रुपैंयाँले बढेर १ हजार २४५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार