बाइडेनको १.९ ट्रिलयन स्टिमुलस प्याकेजको घोषणाले सुनको भाउमा भारी गिरावट !

घट्यो सुनको मूल्य

काठमाडौं: अमेरिकी निर्वाचित-राष्ट्रपति जो बाइडेनद्वारा गरिएको १.९ ट्रिलियन अमेरिकी डलरको स्टिमुलस प्याकेज ल्याउने घोषणासँगै सुनको भाउमा गिरावट आएको छ। बाइडेनको यस्तो तयारीले विगत एकसातादेखि नै सुनको भाउमा लगातार गिरावट भइरहेको थियो। यस अवधिमा सुनको भाउप्रति ‍औन्स ६६ डलरले घटेर १८४९ डलरमा झरेको हो।

बाइडेनले बिहीबार अमेरिकी अर्थतन्त्रलाई उकास्नका लागि आफूले कोभिड-१९ को भ्याक्सिनका लागि लाग्ने खर्चसहित जम्मा १.९ ट्रिलयन डलरको स्टिमुलस प्याकेजको तयारी गरिरहेको बताएका छन्। कोभिड-१९ ले थलिएको अर्थतन्त्रलाई उकास्ने गरी संयुक्त रुपमा राहत प्याकेज ल्याउने तयारी गरिएको बाइडेनले घोषणा हुन्।

उनले आम नागरिकमा देखिनेगरी नै एक ट्रिलियन डलरको प्रत्यक्ष राहत कार्यक्रम ल्याउने घोषणा गरेका छन्। साना व्यवसायीहरूका लागि उनले ४४० अर्ब डलरको राहत सहयोग उपलब्ध गराउने जनाएका छन्।

बाइडेनले बिहीबार सम्बोधन गर्ने क्रममा कोरोना भ्याक्सिनका लागि १६९ अर्ब अमेरिकी डलर छुट्याउने घोषणा गरेका छन्। कोभिड-१९ का कारण रोजगारी गुमाएका नागरिकहरुलाई बाइडेनले राहतका रुपमा १४ सय अमेरिकी डलरसम्मको स्टिमुलस चेक दिने घोषणा गरेका छन्। उनका अनुसार अमेरिकी नागरिकले प्रत्यक्ष रुपमा यो रकम प्राप्त गर्नेछन्। कोभिड-१९ का कारण तीन लाख ८५ हजार अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन् भने ९ लाख ६५ हजारले रोजगार गुमाइसेका छन्। यसले अर्थतन्त्रमा ठूलो असर पुर्‍याएको छ।

कोभिड-१९ को असर कम हुँदै गर्दा सन् २०२१ पहिलो त्रैमासिक अवधिमा सम्पूर्ण वित्तीय सूचकमा सुधार हुने विश्लेषण गरिएको छ। अमेरिकी अर्थतन्त्र कमजोर हुँदा ओरालो झरेको डलर पनि थप बलियो हुने अनुमान गरिएको छ। यसै क्रममा केही दिनदेखि डलर पनि बलियो हुँदै गइरहेको छ।

सन् २०११ मा अमेरिकी डलर सबैभन्दा कमजोर हुँदा सुनको भाउ आकासिएको थियो। जतिबेला डलरको सूचक ७२ हुँदा सुनको भाउ प्रतिऔन्स १८५७ डलर कायम भएको थियो। सन् २०१६ मा डलर सबैभन्दा बलियो हुँदा सुनको भाउ प्रतिऔन्स १०५६ डलरसम्म तल झरेको थियो। कोभिड-१९ ले सिर्जना गरेको आर्थिक संकटलाई स्टिमुलस प्याकेजले माथि उठाएका खण्डमा डलर थप बलियो हुने र सुनको भाउ थप घट्ने विश्लेषण गरिएको छ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार