नेपाली बजारमा सोमवार पनि घट्यो सुनको मूल्य !

घट्यो सुनको मूल्य

नेपाली बजारमा सोमवार पनि सुनको मूल्यमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको हो । सोमवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार