सुनको मूल्य बढ्यो !

सुनको मूल्यमा वृद्धि

स्थानीय बजारमा पहेंलो धातुको मूल्य बुधवार प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छ ।

प्रतितोला ९२ हजार रुपैयाँमा मंगलवार कारोबार भएको छापावाला सुन बुधवार तोलामा ५०० रुपैयाँले उकालो लागेर ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधवार ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा नै १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलामा १ हजार २४५ रुपैयाँमा मंगलवार कारोबार भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार