प्रतितोला ६ सयले घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज ६ सयले घटेको हो । आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो ।

सुन आज प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंयाँ रहेको छ ।

यता चाँदीको मूल्य भने आज ६० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३२० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार