अख्तियारलाई सरकारको लाचार छायाँ बन्न दिइनेछैन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त देशको रुपमा नेपाललाई विश्वमा परिचित गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

आयोगको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै ओलीले संविधान, कानुन, देश र जनतालाई शिरमा राखेर स्वतन्त्र ढंगले भ्रष्टाचार नियन्त्रण गर्दै पारदर्शी सरकार बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले आयोगलाई सरकारले हस्तक्षेप नगर्ने बताउँदै धाकधम्कीमा नरही निर्भयका साथ प्रभावकारी र सक्षम ढङ्‍गले काम गर्न आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई आग्रह गरे।

कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्रीले अख्तियारलाई सरकारको लाचार छायाँ बन्न नदिने प्रष्ट्याए ।

नेपाललाई भ्रष्टाचारीको देशकारुपमा स्थापित गराउन केही संस्था र सञ्चारमाध्यम सक्रिय रहेको भन्दै ओलीले त्यस्तो प्रयास विफल पारिने बताए ।

ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार