सुनको भाउ तोलामा ४०० रुपैयाँ घट्यो, कति छ आजको मूल्य ?

घट्यो सुनको मूल्य

आज बिहीबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार भने ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

यसैगरी, सोही परिमाणको तेजावी सुनलाई तोलामा ९१ हजार रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि घटेको छ । बुधबार एक हजार ३४० रुपैयाँ तोलामा कारोबार भएको चाँदीलाई आज एक हजार ३१५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार