पश्चिम अफ्रिकी राष्ट्रमा इबोलाको नयाँ महामारी, के हो इबोला ?

इबोला भाइरस
प्रतिकारात्मक तस्बिर

पश्चिम अफ्रिकी राष्ट्र गीनीले तीन मृत्यु र आठ सङ्क्रमणका घटना पुष्टि भएपछि इबोलाको नयाँ महामारी घोषणा गरेको छ। पछिल्लो महामारी दक्षिण पूर्वी गीनीको एउटा अन्त्येष्टि समारोहबाट फैलिएको बताइएको छ। सन् २०१३ देखि २०१६ सम्म पनि त्यही क्षेत्रमा इबोला महामारी देखा परेको थियो।

इबोला सङ्क्रमण भएका वा इबोलाका कारण ज्यान गुमाएका व्यक्तिका रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, दिसा वा बान्ता) सँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्ने गर्छ।

इबोलाको सङ्क्रमण पुष्टि भएका वा आशङ्का गरिएका व्यक्तिको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीमा बारम्बार यो समस्या देखा पर्दै आएको छ।

प्रारम्भिक चरणको सङ्क्रमणका क्रममा परम्परागत सामुदायिक अन्तिम संस्कार महामारी फैलने अर्को माध्यम हो। किनभने समुदायका अधिकांश व्यक्तिले मृतकका शरीरलाई छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन्। इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै सङ्क्रामक हुन्छ।

सरकारको प्रतिक्रिया

सरकारले जिहोका क्षेत्रमा उपचार केन्द्र स्थापना गरेको छ र सङ्क्रमितहरूको पहिचानको व्यवस्था मिलाउन आदेश दिएको छ।

यसैबीच डब्ल्यूएचओले गीनीको लागि इबोला खोप र उपचारसहित सहयोगको समन्वय गरिरहेको बताएको छ। लाइबेरिया र सिएरा लियोनलाई उच्च सावधानीमा राखिएको छ। त्यहाँ नयाँ सङ्क्रमण पुष्टि भने भइसकेका छैन।

लाइबेरियाका राष्ट्रपति जोर्ज वेयले देशका स्वास्थ्य अधिकारीहरूलाई गीनीसँगको सीमामा रहेका नगर तथा गाउँहरूमा तत्कालै परिचालित हुन र इबोला नियन्त्रणका कदमहरू चाल्न निर्देशन दिएका छन्। कङ्गोमा देशको पूर्वी क्षेत्रमा इबोलाको चौथो नयाँ सङ्क्रमणको घटना देखा परेको पुष्टि त्यहाँका स्वास्थ्य अधिकारीहरूले गरेका छन्।

डब्ल्यूएचओले आफू उक्त क्षेत्रमा रहेका माली, सेनेगल र आइभोरी कोस्ट जस्ता देशसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ।

इबोला के हो ?

इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको भनाइ छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्छ।

यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने हो। यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव पनि हुन्छ।

यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार