उच्च प्रविधिका साथ धनगढीमा फोरजी मिडिया एण्ड इन्टरटेन्टमेन्टको उद्घाटन 

उच्च प्रविधिका साथ धनगढीमा फोरजी मिडियाको उद्घाटन

धनगढी: धनगढीमा फोरजी मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रा.ली को उद्घाटन गरिएको छ ।

बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीको उद्घाटन गरिएको हो । कम्पनीको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहाल र विशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वड, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य यज्ञराज बास्तोलाले गर्नुभएको थियो ।

वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै धनगढीमा विशिष्ट तहको व्यवस्थापन सहित कम्पनी स्थापित गरेको फोरजी मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रा.ली का अध्यक्ष भुवन रिजालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले पछिल्लो समय धमिलिँदै गएको चलचित्र क्षेत्रको पुर्नउत्थान र पुर्नजिवितका लागि बलियो कदम रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आगामी सफलताको समेत शुभकामना दिनुभएको छ । त्यस्तै धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले पनि धनगढीमा उक्त पहल स्वागतयोग्य रहेको बताउनुभयो । शुभकामना दिँदै नगरप्रमुख वडले यस्ता खालका कदम र पहलहरूमा सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

फोरजी मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रा.ली बाट फिल्म सुटिङ, डबिङ, मिक्सिङ्ग तथा म्युजिक भिडियो लगायतका सम्पूर्ण कार्य उच्च प्रविधि तथा दक्ष जनशक्तिको माध्यमबाट गरिने कम्पनीका उपाध्यक्ष राम प्रसाद शर्माले जानकारी दिनुभयो । उक्त कम्पनी धनगढी उपमहानगरपालिका वडा नं. ८ कैलाली बहुमुखी क्याम्पस जाने बाटोमा रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार