युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने

Youtube

काठमाडौं: आफ्ना बच्चाबच्चीले युट्युबमा के के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ फिचर ल्याउँदैछ ।

युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित गर्दै युट्युबले उक्त नयाँ फिचर ल्याएको बताइएको छ ।

बच्चाबच्चीलाई लक्षित गरिएको युट्युब किड्स एपका सामाग्रीबाट पनि चित्त नबुझाउने र परिपक्व भैनसकेका कारण मुख्य एपका सबै सामाग्री समेत हेर्न दिनु उपयुक्त नहुने अवस्थाका हुर्केका केटाकेटीहरुका लागि उक्त फिचर उपयोगी हुने बताइएको छ ।

स्मरण रहोस् युट्युबको मुख्य एप प्रयोगका लागि १३ वर्षको उमेर पुगेको हुनु पर्दछ र त्यसभन्दा कम उमेरका बच्चाबच्चीको लागि युट्युब किड्स नामक छुट्टै एप उपलब्ध छ ।
आफ्नो पछिल्लो घोषणामा युट्युबले जनाए अनुसार आगामी दिनमा युट्युबले एक नयाँ फिचर सुरु गर्नेछ । जसले सुपरभाइज्ड गुगल अकाउन्टको माध्यमबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई युट्युबमा पहुँच उपलब्ध गराउन तथा हेर्ने सामाग्रीमाथि नियन्त्रण र निगरानी गर्न पाउनेछन् ।

यसमा अभिभावकलाई ३ वटा भिन्नाभिन्नै कन्टेन्ट सेटिंग्स उपलब्ध गराइनेछ । ती निम्न छन्–

१. एक्सप्लोर : युट्युब किड्सबाट बाहिर निस्किएर युट्युबमा विभिन्न थप सामाग्रीहरु खोज्ने र हेर्ने उमेरका बालबालिकाका लागि यो सेटिंग्स उपयुक्त हुनेछ । खासगरी ९ वर्ष र त्यसभन्दा माथिका बालबालिकाका लागि यो लक्षित छ । यसमा अभिभावकले भ्लग्स, ट्युटोरियल, गेमिंग भिडियो, म्युजिक क्लिप्स, समाचार, शैक्षिक सामाग्रीहरु लगायतका सामाग्रीहरु खोजेर आफ्ना बालबालिकाले हेर्न पाउने गरी सेटिंग गर्न सक्दछन् ।

२. एक्सप्लोर मोर : यो फिचर खासगरी १३ वर्षभन्दा माथिका बालबालिकाका लागि उपयुक्त हुनेछ । यसमा बालबालिकाले अझै व्यापक प्रकारका भिडियोहरु हेर्न पाउँछन् भने युट्युबमा लाइभ स्ट्रिम समेत हेर्न पाउनेछन् ।

३. मस्ट अफ युट्युब : यो सेटिंग्समा चाहिँ बालबालिकाले युट्युबमा लगभग सबै खाले भिडियोहरु हेर्न पाउँदछन् । यद्यपि उमेरगत बन्देज रहेका भिडियोहरु चाहिँ हेर्न पाइनेछैन । यसका साथै अलि बढी उमेरका किशोर किशोरीका लागि उपयुक्त हुने संवेदनशील विषयवस्तुका सामाग्रीहरुमा समेत नियन्त्रण गर्न सकिनेछ ।

युट्युबका अनुसार आफ्ना बच्चाबच्चीहरु युट्युबको वृहत संसारमा आफूलाई मन पर्ने र उपयोगी सामाग्रीहरु खोज्न र हेर्न सक्षम भैसकेका छन् भन्ने निष्कर्षमा पुगेका अभिभावकहरुका लागि यो फिचर डिजाइन गरिएको हो ।

यस्तो फिचरमा कुन–कुन भिडियोहरु राख्ने भन्ने कुरा निधो गर्नका लागि प्रयोगकर्ताहरुको पृष्ठपोषण, मेसिन लर्निंग तथा समीक्षाहरुलाई आधार लिइने युट्युबले आफ्नो ब्लग पोष्टमा जनाएको छ । उक्त फिचरमा युट्युबबाट गरिने किनमेल, क्रिएसन र कमेन्ट्स जस्ता अप्सनहरु निस्क्रिय पारिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार