धनगढीमै नौलो स्वाद: एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट फागुन २८ गते देखि सञ्चालनमा आउने

धनगढीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा आउँदै

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानीमा एक पछि अर्काे रेष्टुरेण्ट खोल्ने क्रम दिनप्रतिदिन बढेसंगै एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा आउँने भएको छ ।

धनगढी उप-महानगरपालिका वडा नम्बर २ मा रहेको एभरेष्ट बैंक पछाडी करिब १ करोड १० लाखको लगानीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट यहि फागुन २८ गते देखि संञ्चालनमा आउँने संञ्चालक प्रेम बहादुर बुढा क्षेत्रीले जानकारी दिए ।

उनले आफुले झन्डै ७ बर्ष भन्दा बढी विदेशमा होटल क्षेत्रमा सिकेको सिप लाई आफ्नै क्षेत्रमा सुदुपयोग गर्ने उदेश्यले एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा ल्याएको बताए ।

क्षेत्रीले एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्टमा सुदूरपश्चिम प्रदेशमा फरक तथा नयाँ स्वादमा फायर पिजा, थकालि सेट, विभिन्न खानाका परिकार, म.म र विरायनी लगायतका नयाँ स्वाद लिन पाईने जानकारी दिए । क्षेत्रीले एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्टमा काठमाण्डौमा रहेको सोल्टी होटलमा लामो समय काम गरेको कुकको पनि ब्यवस्था रहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार