नक्कली नोट र छाप्ने मेसिन सहित कञ्चनपुरमा १ जना पक्राउ

नक्कली नोट

कञ्चनपुर: कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ।  जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए।

उनकाअनुसार विशेष सूचनाका आधारमा गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको हो।  निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार