इ-सेवा र के.जि हस्पिटल बिच सहकार्य, अनलाइनबाटै अपोइन्टमेन्ट तथा शुल्क तिर्न सकिने !

इ-सेवा र के.जि हस्पिटल बिच सहकार्य, अनलाइनबाटै अपोइन्टमेन्ट तथा शुल्क तिर्न सकिने !

इ-सेवा र के.जि हस्पिटल बिच सहकार्य
Advertisement
धनगढीः इ-सेवा र के.जि हस्पिटल बिच सहकार्य गर्ने सम्झौता भएको छ । धनगढी चौराहा स्थित के.जि हस्पिटलले अनलाइनबाटै अपोइन्टमेन्ट तथा शुल्क तिर्न सकिने गरी  इ-सेवा सँगको सहकार्य गरेको हो ।
इ-सेवाले सुरु गरेको ई–अपोइन्टमेन्ट मार्फत बिरामी अथवा अन्य सर्वसाधारणले इ-सेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपिडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक तथा शुल्क तिर्न सकिने इ-सेवाका कैलाली पदाधिकारी कमल बमले जानकारी दिनुभयो । बमका अनुसार अब के.जि हस्पिटलमा पनि सो सेवाहरू सहजै उपलब्ध हुने भएको छ ।
प्रदेश न. ७ बाट यस अघि माया मेट्रो हस्पिटल अनलाइन  प्लेटफर्ममा आबद्ध भइसकेको र दर्जनौँ स्वास्थ्य संस्था तथा अस्पताल यो सेवा सुरु गर्ने क्रममा रहेका छन् । जसबाट सम्पूर्ण आम नागरिकले घरैबाट आफूले चेकअप गराउन चाहने डाक्टर सङ्ग अनलाइन अपोइन्टमेन्ट लिई छिटोछरितो सेवा लिन सक्नेछन् ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ-सेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झन्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इ-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या करिब ४५ लाख छ ।
यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसङ्ख्याले इ-सेवामार्फत सेवा लिइरहेका छन् । हाल इ-सेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट (इ-सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इ-सेवामा मर्चेन्टको सङ्ख्या करिब २ लाख छन् ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार