ह्वात्तै घट्यो धनगढी-काठमाडौँ र भद्रपुर-काठमाडौँ हवाई भाडा, प्रति यात्रु कति ? 

किन घट्यो हवाई भाडा ?

हवाई भाडा
प्रतिकारात्मक तस्बिर
धनगढीः धनगढी-काठमाडौँ र भद्रपुर-काठमाडौँ हवाई भाडा ह्वात्तै घटेको छ । लकडाउन अघि दैनिक जसो बढी रहेको हवाई भाडा आज लकडाउनको चौथौँ दिन भने ह्वात्तै घटेको छ ।
आज भाडा दर घटेर धनगढी-काठमाडौँ बुद्ध एयर र श्री एयर लाईन्सले प्रति यात्रु २ हजार तिन सय तोकेका छन्  । भने भद्रपुर काठमाडौँ यती एयरले १ हजार चार सय ९५ र श्री एयर लाईन्सले प्रति यात्रु भाडा दर २ हजार तोकेको छ ।
यता बुद्ध एयर धनगढी कार्यालयले भने पछिल्लो समय दोस्रो चरणको कोरोना भाइरसले सृजित लकडाउनका कारण दैनिक (यात्रु मोभमेन्ट) यात्रुको संख्यामा कमी आएकोले भाडादार घटाउनु परेको बताएको छ ।
यो भन्दा पहिले भने प्रति यात्रु भाडा दर ४ हजार पाँच सय देखी माथि १२ हजार सम्म घटबढ भइरहन्थ्यो ।
No description available.
No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार