बिहान ३ बजेदेखि झापाको बायोग्यास कम्पनीमा आगलागी, अझै नियन्त्रणमा आएन

आगलागी

झापा: झापाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको छ।

बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

आगो निभाउनको लागि पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल प्रयोग भइरहेका छन् ।

आगो कसरी लाग्यो र कति क्षति भयो भन्ने अहिल्यै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार