धनगढी ग्यालरीद्वारा ह्युमानिटी फाउन्डेसनलाई अक्सिजन खरिदकोलागी २२२२ सहयोग 

धनगढी ग्यालरी एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो ।

धनगढी ग्यालरीद्वारा ह्युमानिटी फाउन्डेसनलाई अक्सिजन खरिदकोलागी २२२२ सहयोग
धनगढीः सुदूरपश्चिमप्रदेशको अस्थायी राजधानी धनगढीबाट सञ्चालित धनगढी ग्यालरीले अक्सिजन खरिद गर्नको लागी ह्युमानिटी फाउन्डेसन नेपाललाई २ हजार २ सय २२ आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिमका अस्पतालमा अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ह्युमानिटी फाउन्डेसन नेपालले अक्सिजन सहयोगको थालनी गरेको छ।
कोरोना महामारीले अक्सिजनको अभाव भइरहेको बेला सङ्क्रमितहरूको ज्यान जोगाउन ह्युमानिटी फाउन्डेसनले सञ्चालन गरेको अक्सिजन (प्राण वायु) खरिद गर्नको सहयोग पुगोस् भन्ने हेतुले सो रकम सहयोग गरिएको धनगढी ग्यालरीका एडमीन  चक्र कठायतले जानकारी दिनुभएको छ ।
धनगढी ग्यालरी एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो । ग्यालरीले विभिन्न समयमा असहाय, बेसहाराहरूलाई राहत स्वरूप आर्थिक, मानसिक तथा खाद्यान्न सहयोग गर्दै  आइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार