धनगढीको एलएन चोक सहित मेगा बैंकको एकै दिन ६ वटा नयाँ शाखा विस्तार

थप १० वटा शाखाहरू विस्तारको क्रममा

मेगा बैंक

धनगढी: कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर १ एलएन चोकमा शुक्रवारबाट मेगा बैंक नेपाल लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । यो सँगै बैंकका अरू ५ वटा नयाँ शाखाहरू समेत खुलेका छन् ।

बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरू विस्तार गरेको हो ।

प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लबीपुरमा बैंकले नयाँ शाखा खोलेको छ । बागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ ।

त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रवारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिनु भयो ।

यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरू सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार