हरेक ६० सेकेन्डमा १.७६ करोड रुपैयाँ कमाउँछन् अम्बानी र उनको कम्पनी !

हरेक मिनेट १.७६ करोड रुपैयाँ...?

Mukesh Ambani

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि निकै महत्त्व राख्दछ । किनभने अम्बानी र उनको कम्पनीले प्रत्येक मिनेट १.१ करोड भारतीय रुपैयाँ कमाउँछ ।

अम्बानी परिवारसँग ८१.३ अर्ब डलरको सम्पत्ति रहेको छ । यो विश्वको पाँचौँ सबैभन्दा धनी परिवार हो । ई–कमर्स कम्पनी वालमार्टका सह–संस्थापक वाल्टनको परिवारसँग २१५ अर्ब डलरको सम्पत्ति रहेको छ । उनीहरू यो सूचीमा पहिलो स्थानमा रहेका छन् । यो जानकारी इन्भेस्टोपिडियाले सन् २०२१ को जनवरीमा प्रकाशित गरेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुकेश अम्बानीले सन् २००८–०९ देखि हरेक वर्ष १५ करोड भारतीय रुपैयाँ बराबरको तलब लिन्थे । सन् २०२०–२१ देखि भने उनले तलब नलिने घोषण गरेका थिए । उनले डिभिडेन्डको रूपमा प्रति शेयर ७ रुपैयाँ पाउँछन् । यसबाट उनको आय १ हजार ९८८ करोड भारतीय रुपैयाँ रह्यो ।

जुनको त्रैमासिकमा मात्र रिलायन्सले १८ हजार ८०६ करोड भारतीय रुपैयाँको नाफा गरेको थियो । रिलायन्सले प्रतिघण्टा ६५ करोड भारु आम्दानी गर्दछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार