१३ वर्षीया किशोरीमाथि २ दिनसम्म बलात्कार, सूक्ष्म तरिकाले अनुसन्धान गर्दै प्रहरी

डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार

बलात्कार
प्रतिकारात्मक तस्बिर

डोटी: डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार भएको रहस्य खुलेको छ। कैलालीको चुरे गाउँपालिकाकी १३ वर्षीय ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले बलात्कार गरेको भन्दै आफन्त प्रहरी समक्ष पुगेका छन्।

मामा घर गएकी किशोरीलाई बोहराले चाउचाउ र लुगा कपडा दिने भन्दै फकाएर साउन १९ गते जङ्गलमा लगेर बलात्कार गरेको आफन्तले बताएका छन्। त्यसपछि पनि किशोरीलाई जङ्गलबाट घरमा लगेर २ दिनसम्म पटक–पटक बलात्कार गरेको आरोप आफन्तले लगाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

बलात्कारपछि किशोरीलाई जङ्गलमै लगेर छाडिदिएपछि उनी २१ गते आफ्नो घर पुगेकी थिइन्। अहिले आरोपित बोहरा फरार रहेको र उक्त घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मल्लले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार